Logo

विश्वकप क्रिकेट : वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजीत



काठमाण्डौं, असार ८ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको छ ।

बारबडोसको केन्सिङ्टन ओभलमा आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो । अमेरिकाले दिएको १ सय २९ रनको लक्ष्य वेस्ट इन्डिजले ५५ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । वेस्ट इन्डिजका शाई होपले नट आउट ८२ रन बनाए । यस्तै निकोलस पुरनले नट आउट २७ रन जोडे । अमेरिकाका हरमीत सिंहले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १९ ओभर ५ बलमा १ सय २८ रनमा अल आउट भयो । अमेरिकाका एन्ड्रिस गउसले २९, नितिश कुमारले २० रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रस्टन चेसले समान ३ तथा अल्जारी जोसेफले २ विकेट लिए । यो जितसँगै सुपर आठको समूह–२मा रहेको वेस्ट इन्डिजले २ खेलमा २ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्