Logo

ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाँदै रोहित, दीपेन्द्र र सन्दीप



काठमाडौं, असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् ।

यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot