Logo

शान्ति प्रक्रिया छिट्टै टुँगो लगाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड



काठमाडौं, ८ असार । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया चाँडै टुँगो लगाउनुपर्नेमा जोड दिएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित ‘स्मृतिमा पद्यमरत्न तुलाधर’ पुस्तक विमोचन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले, शान्ति प्रक्रिया नटुङ्गिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको उल्लेख गरे । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिविद्धताका साथ अगाडि बढ्नुपर्नेछ ।’

फाईल तस्विर



प्रतिक्रिया दिनुहोस्

Screenshot