Logo

दलाल दलतन्त्रको विरुद्धमा बनेपामा आजपाको खबरदारी र्याली



काठमाडौं, ८ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज काभ्रेको बनेपामा दलाल दलतन्त्रको विरुद्धमा खबरदारी र्याली निकालेको छ । जनप्रदर्शनको क्रममा सहभागीहरुले ‘दलाल दलतन्त्र मुर्दाबाद, संघीय गणतन्त्र जिन्दाबाद, बैंकिंग ठगहरुलाई कारवाही गर, मनोमानी व्याज फिर्ता गर, लघुवित्त-सहकारी पीडितहरुलाई न्याय दे, निजी बैंक तथा वित्तीय संस्था खारेज गर’ लगायतका नाराहरु समेत लगाएका थिए ।

पार्टीको ताम्सालिङ्–नेवा प्रदेश कमिटीद्वारा आयोजित उक्त खबरदारी र्यालीसहितको बृहत् भेलाले लघुवित्त तथा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउन सशक्त संघर्ष गर्ने निर्णय गरेको छ । भेलाई अध्यक्ष साहले पनि सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot