Logo

चुनावअघि प्रचण्डले आफूसँग शरण मागेको बाबुरामको खुलासा, अहिले भए लज्जित



काठमाडौं, ८ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ०७९ को निर्वाचनको मुखमा आफूसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक शरण मागेको खुलासा गरेका छन् । चितवनमा चुनाव हार्ने भयले प्रचण्डले आफूसँग शरण मागेको बाबुरामको खुलासा छ ।

आज (शनिबार) गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको भेटघाटमा बाबुरामले यस्तो खुलासा गरेका हुन् । आफूले राम्रो मनले प्रचण्डलाई चुनाव क्षेत्र छोडेर सहयोग गरेको भएपनि दाहालमा चरम सत्तालिप्सा पलाएको सुनाए । तर, अहिले प्रधानमन्त्री दाहालबाट गोरखाली जनतालाई घात भएको उनको गम्भीर आरोप छ ।

उनले भने,‘पाहुना उम्मेदवारको रुपमा ल्याएर जुन विश्वास गरेका थियौं, यसले देशलाई, लोकतन्त्रलाई र खासगरी गोरखाली जनतालाई पनि ठूलो घात भयो भन्ने लाग्छ ।’ उनले प्रचण्डलाई अस्थिर नेताको संज्ञा दिए । दाहाल सत्तामा बसुञ्जेलसम्म देशमा अस्थिरता भैरहने पनि आरोप लगाए ।

उनले भने,‘मेरो उदारता, सदासयतालाई कमजोरी ठानेर खेलवाड भयो, त्यसका निम्ति दुःखी र लज्जित छु, गोरखाली जनतासँग क्षमायाचना गर्न चाहन्छु, चितवनमा आफ्नो क्षेत्र असुरक्षित रहेको उहाँमा महसुस थियो, अन्तिम निर्णय भन्दा अघि उहाँको भनाई अहिले पनि सम्झन्छु, बिहानै फोन गर्नुभयो-बाबुरामजी तपाईंकै शरणमा आउने भएँ भन्नुभयो, शब्द यही थियो, किन यो शब्द प्रयोग गर्नुभयो होला भनेर मनमनै म हासेँ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot