Logo

प्रधानमन्त्री प्रचण्डको घोषणा : तरिका मिल्यो भने पूरै अवधि सरकारमा बसिन्छ (भिडिओसहित)



काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार संसद्को पूरै अवधि चल्ने दाबी गरेका छन् । बजारमा सरकार ढल्न लाग्यो भनेर हल्ला चलाईएपनि त्यसमा कुनै सत्यता नभएको भन्दै तरिका मिलाउन सकिए पूरै अवधि सरकारमा बसिने उनको दाबी छ ।

पार्टीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले आफूलाई सरकारबाट हटाउनको लागि कांग्रेस र एमालेलाई सजिलो नभएको पनि दाबी गरे ।

सम्बोधनको क्रममा उनले भने,‘बाहिर भनिराखे जस्तो सरकार कति दिन होला, चल्छ कि चल्दैन भन्ने विभिन्न कुरा आउँछन् । अर्कोले कुरा गर्दैछ, केही दिनपछि सरकार जाँदैछ रे भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको छ । यो भन्न थालेको प्रधानमन्त्री भएको बेलादेखि नै हो । मैले नै भन्थे कि सायद मलाई सबै मिलेर प्रधानमन्त्रीमा धेरै दिन बस्न दिन्नन होला, मैले पनि जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका पनि गतिविधि गरेर, जतिदिन बसिन्छ सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । ढुक्कसँग काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’

भिडिओ स्रोत : सरोकार टिभी एचडी/फेशबुक



प्रतिक्रिया दिनुहोस्

Screenshot