Logo

बीआरआईलाई लोनको रूपमा स्विकार गरिए देश र जनताको लागि हानिकारक हुन्छ : केशव झा



काठमाडौं, ८ असार । राष्ट्रिय मुक्ति क्रान्तिका महासचिव केशव झाले नेपाल ईण्डो–प्यासिफिक एलाईनमेन्टमा बसेको भन्दै चीनको बीआरआई परियोजनाको ऋण लिन नहुने स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपाल ईण्डो प्यासिफिक एलाईनमेन्टमा बसेको छ । बीआरआईको पनि ऋण बोकिराख्ने ? यो हुँदैन् । ऋण बोकाउनेगरि बिआरआई जसरी प्रयोग भएको छ, त्यो नेपालको लागि अत्यन्तै हानिकारक हो । अनुदानको रूपमा मात्रै बीआरआई अघि बढ्छ भने लिन सक्छौं । अनुदानमा पाए बीआरआई नेपालको लागि सर्वोत्तम हितको कुरा हुन्छ।’

झाले बीआरआईलाई लोनको रूपमा स्विकार गरिए देश र जनताको लागि पनि हानिकारक हुने दाबी गरे । उनले भने,‘बीआरआई अनुदानको रुपमा पाए उपयोग गर्नुपर्छ । लोनको रुपमा नेपालमा बीआरआई उपयोगी छैन् । बीआरआईको ऋणले त देश र जनतालाई भार बोकाउने काम गर्छ । नेपाली जनतामाथि ऋण बोकाउने छुट सरकारलाई छैन् । चीनको लगानीमा बनेको पोखरा विमानस्थलले अन्तर्राष्ट्रि उडान भैरहेको छैन् । ठूलो ऋणको भार बोकाएर कहिले पैसा उठाउने ? देशलाई फसाउने काम नगरौं ।’

उनले अहिले सरकारले ल्याएको बजेट कर्मकाण्डी नै रहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot