काठमाडौं, असार ९ । आज संघीय संसद् अन्तरगतका दुबै सदनको बैठक बस्दैछ । जसअनुसार संसद् भवन बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।
त्यस्तै, विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
https://hr.parliament.gov.np/uploads/attachments/ayzh2hbyufoejy5s.pdf