Logo

युरोकप फुटबलः लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश



काठमाडौं, असार ९ । युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको हो ।

शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३-० गोलको सहज जित हासिल गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो ।

यो जितसँगै समूह एफमा पोर्चुगलको दुई खेलमा ६ अंक भएको छ । टर्कीको दुई खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot