Logo

इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन



तेल अभिभ ९ असार । इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ ।

सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।

मुख्य ¥याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे । प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि ¥याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ । अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ ।

युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ ।

यसैबीच, बन्धक नामा लेवीको २० औँ जन्मदिन मनाउन तेल अबिबमा हजारौँ मानिसहरूले ¥याली निकालेका छन् । नामा लेवीका बुबा, योनी लेवीले भने, “उनी यहाँ आफ्नो परिवारसँग, आफ्ना साथीहरूसँग हुनु आवश्यक छ ।” नाहल ओज सैन्य आधारबाट नामालाई अपहरण गरेपछि उनी हमासको एउटा भिडियो टेलिग्राममा देखापरेको थियो ।

भिडियोमा उनको हात बाँधिएको र प्यान्ट रगत र मैलोले ढाकिएको थियो ।

हमास लडाकूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब एक हजार २०० जनाको हत्या गरी २५१ जना बन्धक बनाएपछि अक्टोबर ७ मा सुरु भएको युद्धलाई सरकारले नियन्त्रण गरेको भन्दै विरोधमा प्रदर्शनकारीहरूले हरेक शनिबार राति महिनौँदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot