Logo

अफगानस्तानमा शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्न भारत प्रतिबद्ध



न्युयोर्क, ९ असार । भारतको उद्देश्य अफगानस्तानका जनताका लागि दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का उपस्थायी प्रतिनिधि राजदूत आर रवीन्द्रले बताएका छन् ।

परिषद्को बैठकमा राजदूत आर रवीन्द्रले भने, “विशेष गरी हालैका घटनाक्रमका बारेमा एसआरएसजी मुथुन बायवाले अफगानिस्तानको अवस्थाबारे दिनुभएको जानकारीको हामी कदर गर्दछौँ । अफगानी मानव अधिकार सङ्गठन (होचा) र नागरिक समाजका प्रतिनिधिद्वारा प्रदान गरिएको अन्तर्दृष्टि पनि धेरै उपयोगी थियो । भारत अफगानिस्तानको नजिकको छिमेकी हो । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध छ ।”

“हाम्रो उद्देश्य अफगानिस्तानको दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु हो,” उनले बताए ।

यसबाहेक, राजदूत आर रवीन्द्रले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “अफगानिस्तानप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणलाई मार्गनिर्देशन जारी राख्नुपर्छ । हाम्रो साझा प्राथमिकतामा आतङ्कवादको प्रतिरोध गर्ने, समावेशी शासन ल्याउने, महिला, बालबालिका र अल्पसङ्ख्यकको अधिकार र हितको रक्षा गर्ने, लागुऔषधको प्रतिरोध गर्ने र देशका जनताको हितका लागि मानवीय सहयोगलाई प्राथमिकता दिने समावेश छ,” ’राजदूत आर रवीन्द्रले बताए ।

“विकास र मानवीय सहायतामा भारत धेरै वर्षदेखि अफगानिस्तानको भरपर्दो साझेदार रहिआएको छ,” उनले भने ।

अफगान जनताका लागि भारतको प्रयासलाई प्रकाश पार्दै आर रवीन्द्रले भने, “भारतले अफगानिस्तानमा ५० हजार मेट्रिक टन गहुँ, २५० टन चिकित्सा सहायता र २२५ टन भूकम्प राहत सहायता सहितको मानवीय सहायता प्रदान गरेको छ । साथै ६०० अफगान बालिकासहित चार हजारभन्दा बढी विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।”

राजदूत आर रवीन्द्रले ऊर्जा, पानी आपूर्ति, सडक सम्पर्क, स्वास्थ्य सेवा, शिक्षा, कृषि र क्षमता निर्माणमा केन्द्रित सबै ३४ प्रान्तमा ५०० भन्दा बढी विकास परियोजनालाई भारतले सहयोग गरेको बताए ।

राजदूत आर रवीन्द्रले इरानको चाबहार बन्दरगाहमार्फत भारत र अफगानिस्तानले आफ्नो व्यापार जारी राखेको उल्लेख गर्दै यो बन्दरगाह विकास गर्ने हालैको सम्झौताले अफगानिस्तानका लागि कनेक्टिभिटी हब बनाउने भारतको प्रतिबद्धतालाई देखाउँछ ।

“हामी अफगानिस्तानका जनताप्रतिको हाम्रो अटुट प्रतिबद्धतालाई दोहो¥याउँछौँ । अफगानी समाजलाई सहयोग गर्न हरेक पहलमा भारतले पूर्ण सहयोग जारी राख्नेछ, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot