Logo

गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन् : प्रदीप पौडेल (भिडिओसहित)



काठमाडौं, ९ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा गम्भीरता अपनाउनको लागि अपिल गरेका छन् । उनले गमलामा बिरुवा रोपेर चुरेको संरक्षण नहुने जिकिर गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्नको लागि सरकारले बिरुवा रोप्ने अभियान नै सञ्चालन गर्नुपर्ने धारणा राखे ।

उनले भने,‘चुरेको संरक्षण गर्ने हो भने सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले बिरुवा रोप्न जरुरी छ । एकैदिनमा हजारौं विरुवा रोप्न सक्यौं भने खासगरी इलामदेखि कञ्चनपुरसम्म करोडौं विरुवा रोप्न सक्यौं भने चुरेको संरक्षण हुन्छ । सरकारले तत्काल अभियान चलाउनुपर्छ ।’

चुरे मानवीय अतिक्रमणको दुष्चक्रमा परेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयमले स्विकारेको उल्लेख गर्दै पौडेलले यसतर्फ गम्भीर कदम चाल्नुपर्नेमा जोड दिए । दोहनको कारणले चुरे विनाश भएको हो भने सरकारले टुलुटुलु हेरेर बस्न नहुने उनको धारणा छ । उनले चुरे बचाउनको लागि आन्दोलनरत पक्षको पनि कुरा सुन्न सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्