Logo

बाढि/पहिरो पीडितलाई राहत दिन सांसद महतोको माग (भिडिओसहित)



काठमाडौं, ९ असार । नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले संघीय संसद् सचिवालयका आन्दोलनरत कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकार्षण गराएकी छिन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतोले आन्दोलनरत कर्मचारीहरुको जायज माग पूरा गराउनको लागि सभामुखमार्फत सरकारको ध्यानाकार्षणसमेत गराएकी छिन् ।

उनले अहिले वर्षायामको सुरुवात भएको र देशका अधिकांश ठाउँमा बाढी तथा पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्