Logo

लण्डन्स अल्ट्रा म्याराथुनमा नेपालका कुशल दीक्षित ३५औं स्थानमा



काठमाडौं, ९ असार । नेपालका धावक कुशल दीक्षित लण्डन्स अल्ट्रा म्याराथुन प्रतियोगितामा भाग लिएका छन् । हिजो (शनिबार) जुन २२ मा भएको म्याराथुनमा दीक्षितले ५५ किलोमिटर रेस ५ घण्टा १ मिनेट २६ सेकेण्डमा पूरा गरेका हुन् । उनी ४०६ जना सहभागीहरुमध्ये ३५औं स्थान हाँसिल गर्न सफल भएका हुन् ।

यसअघि उनी विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा नेपालकातर्फबाट भाग लिएका ललितपुर पाटनका दीक्षितको सन्तोषजनक प्रदर्शन थियो । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन सफल दीक्षितले उक्त म्याराथन ३ घण्टा ८ मिनेट २२ सेकेण्डमा पूरा गरेका थिए । ४५५२ नम्बर (रनर नम्बर) बोकेर दौडिएका दीक्षितले मास ईभेन्टअन्तर्गत (१८ देखि ३९ उमेर) समूहमा उक्त समयावधिभित्र दौड पूरा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्