Logo

आइसिसी टी– २० विश्वकप, आज दुई खेल हुँदै



काठमाडौं, असार १०। आइसिसी टी–२० विश्वकपका सुपर–८ का खेलमा आज दुई खेल हुँदैछन् । नेपाली समय अनुसार विहान ६ः१५ देखि एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा जारी रहेको पहिलो खेलमा वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुपर–८ मा यस अघि खेलेका दुवै खेल जितेको दक्षिण अफ्रिकाले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै वेष्ट इण्डिज सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने दवावमा छ । यस अघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने इङ्ल्याण्डसँग पराजित भएको थियो ।

त्यस्तै सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा आज राति ८ः १५ बजेदेखि हुने अर्काे खेलमा भारत र अस्ट्रेलिया भिड्दैछन्। । भारतले सुपर–८ का दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार व्यहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने दवावमा छ ।



प्रतिक्रिया दिनुहोस्