Logo

लालीगुराँस सरंक्षण अभियानमा शेखर कोइराला



काठमाडौं, असार १० ।

काठमाडौं, असार १० । नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा लागेका छन् । अभियान अन्तरगत धरान उपमहानगरपालिकाको विकट वडा २० नम्बरलाई गुराँसको जङ्गल बनाउने उदेश्यले उनले धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गरेका छन् । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर-१ ले लालिगुँरासको अभियान थालनी गरेको हो ।

गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि पछिल्लो समय गुराँसको फूल लोप भइरहेको बेला यो सरंक्षण अभियानले गुराँसको क्षेत्रमा सहायोग पुर्‍याउने नेता कोइरालको भनाई छ । धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रूपमा विकट मानिन्छ ।

भौगोलिक विकटताले डाक्टर शेखर निर्धारित कार्यक्रम स्थलसम्म पुग्न नसेपछि तल्लो क्षेत्रमै गुराँसको बिरुवा रोपेर अभियानको उद्घाटन गरेका छन् । नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार यस अभियान अन्तर्गत ६२६ वटा विरुवा स्थानियबासीको सहयोगमा रोपिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot