Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?



काठमाडौं, असार १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot