Logo

आईसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश



काठमाडौं, असार १० । आईसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । सर विवियन रिचर्ड्स स्टेडियममा आज विहान भएको सुपर ८ अन्तर्गतको खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले पराजीत गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्जिडले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनायो। १३६ रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिण अफ्रिकाले ब्याटिङ्ग गर्ने क्रममा वर्षा भएपछि निर्धारित २० ओभरको खेल घटाएर १७ ओभरमा सिमित गरियो भने जितको लक्ष्य १२३ तोकियो।

दक्षिण अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक २९ रन जोडे भने हेनरिक क्लासेनले २२ रनको पारी खेले। मार्को जेनसन २१ रनमा नट आउट रहँदा कागिसो रबाडाले नट आउट रहँदै ५ रन जोडे।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ५२ रनको पारी खेल्दा काइली मायर्सले ३५ रन जोडे। आन्द्रे रसेलले १५ र अलजारी होसेनले ११ रनको पारी खेले। अन्य कुनैपनि खेलाडी दक्षिण अफ्रिकाका बलरसमक्ष धेरै बेर टिक्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि तबरेज सम्सिले सर्वाधिक ३ विकेट लिए भने कागिसो रबाडा, मार्को जेनसन, एडन मार्करम र केशव महाराजले १/१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्