Logo

कोपा अमेरिका फुटबल : उरुग्वेसँग पानामा पराजित



काठमाडौं, असार १०। कोपा अमेरिका फुटबलमा उरुग्वेले पानामालाई हराएको छ । उरुग्वेले समूह ‘सी’ को खेलमा पानामालाई ३–१ ले हराएको हो । १५ पल्टको च्याम्पियन उरुग्वे आफ्नो समूहको शीर्ष स्थानमा कायमै छ ।

उरुग्वेको जितमा म्याक्सिमिलिनोले १६ औं मिनेटमा पहिलो गोल गरे भने डारविना नुनेजले ८६ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माटिस भिनाले तेस्रो गोल गरेर जित सुनिश्चित गरे । पानामाका लागि माइकल आरिमले एक गोल फर्काउन फर्काए ।



प्रतिक्रिया दिनुहोस्