Logo

कोपा अमेरिका फुटबल : कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल



काठमाडौं, असार ११ । कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेल अवधि भर कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले गोल गर्न नसक्दा अंक बाड्न बाध्य भयो । समूह डी मा रहेको ब्राजिल स्ट्राइकर नेइमार बिनै मैदानमा आएको थियो ।

सोही समूहको आजै भएको अर्को खेलमा पाराग्वेलाई २–१ ले पराजित गर्दै कोलम्बियाले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तरगत भोलि बिहान पेरु र क्यानडा तथा चिली र अर्जेन्टिना आमने सामने हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्