Logo

बीआरआई अनुदानमा नै लिने हो : प्रधानमन्त्री दाहाल (भिडिओसहित)



काठमाडौं, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले बिआरआई अनुदानमा नै लिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावनापनि रहेको औंल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीको व्याजदर (१.५) प्रतिशतभन्दा बढिमा नलिने स्पष्ट पारेका हुन् ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंस्थित मेरियट होटलमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ । यही सन्दर्भमा प्रधानमन्त्री दाहालले बिआरआईको बारेमा यस्तो कुरा स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्