Logo

एकीकृत समाजवादीको महाधिवेशन : महासचिवमा भिड्ने रामकुमारी झाँक्रीको तयारी



काठमाडौं, ११ असार । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) की उपमहासचिव रामकुमारी झाँक्री पार्टीको आसन्न महाधिवेशन (असार १६–२०) मा महासचिवमा उम्मेद्वारी दिने तयारीमा छिन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेकी नेतृ झाँक्री एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउने बेलामा पनि माधव नेपाललाई आड भरोसा दिलाउन सफल नेतृ हुन् । उनले एमालेबाट विद्रोह गर्दा निर्णायक भूमिका खेलेकै कारण नयाँ दलबाट मन्त्री बन्ने अवसरसमेत पाईन् ।

तत्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा सबैभन्दा बढि आलोचना र विरोध पनि नेतृ झाँक्रीले नै गरेकी हुन् । उनले काठमाडौंमा संसद् विघटनको विरोधमा आयोजित आन्दोलनको अगुवाईसमेत गरेकी थिईन् । सरकारमा रहेकै बेलामा अध्यक्ष माधव नेपालले कुनै सल्लाह नदिईकन फिर्ता बोलाएपछि भने उनी नेतृत्वसँग असन्तुष्ट थिईन् । पार्टीमा त्यति सक्रियसमेत नभएको आरोप लाग्ने गरेको छ ।

झाँक्री युवा पुस्ताको ढुकढुकी हुन्। अहिलेपनि उनलाई आफ्नो पार्टीको मात्रै नभएर एमाले, कांग्रेस र माओवादी केन्द्रका युवा नेताहरुले मन पराउँछन् । विचारमा प्रष्ट नेतृ झाँक्री सत्यको लागि भिडसँगपनि भिड्न डराउँदिनन् । रवि लामिछाने सहकारी ठगी प्रकरणको विषयमा विरोध तथा आलोचना गर्नेदेखि लिएर गैरआवासीय नेपाली संघको नाममा राजनीति गर्नेहरुलाई उनीहरुकै सम्मेलनमा पुगेर झाँको झार्ने काम झाँक्रीले गरेकी छिन् ।

सबै हिसाबले देशको बागडोर युवाहरुले सम्हाल्नुपर्ने पक्षमा दृढ नेतृ झाँक्री यसपटक पार्टीको १०औं महाधिवेशनमा शक्तिशाली पद महासचिवमा भिड्ने तयारीमा जुटेकी छिन् । अरु नेताहरुले महाधिवेशनलक्षित गतिविधि गर्दा उनी भने प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा नै व्यस्त छिन् ।

तर, उनको तयारी भने भित्रभित्रै भैरहेको उनीनिकट नेताहरुको दाबी छ । यसपटक महासचिवमा गंगालाल तुलाधर र डा. विजय पौडेलको पनि दाबी छ । अध्यक्षमा घनश्याम भुसालले पनि दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्