Logo

भ्रष्टाचार गरेको पुष्टि भए धनराजले राजनीति छाड्ने



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले एक रुपँैया भ्रष्टाचार गरेको कुनै प्रमाण भए ल्याउन चुनौती दिएका छन् ।

मंगलबार पार्टी भातृ संगठन नेपाल आदिवासी जनजाती संघको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व कानूनमन्त्रीसमेत रहेका गुरुङले भ्रष्टाचार गरेको पुष्टि हुने कुनै प्रमाण कसैले ल्याए आफू राजनीतिबाट सन्न्यास लिने बताएका छन् ।

‘भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर न कांग्रेस उँभो लाग्छ, न देश उँभो लाग्छ। सिधा कुरा भन्छु म, धनराज गुरुङले कुनै एउटा मात्र ठाउँमा एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको छ भन्ने कुरा यदी लिएर आउँछ भने म राजनीतिबाट सन्यास लिन तयार छु,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot