Logo

अफगानिस्तानमा एक वर्षभित्र १५०परियोजना सुरु



हेरात (अफगानिस्तान), ११ असार । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एक वर्ष भन्दा कम समयमा ४।५ मिलियन अमेरिकी डलर लगानीका १५० वटा कृषि तथा पूर्वाधार परियोजनाको निर्माण कार्य सुरु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।

परियोजनाहरूमा जलाशय बाँध, सडक, सुरक्षात्मक पर्खाल र पानी नहरहरू, साथै प्रान्तको एन्जेल, गुजारा र जेन्डाजन जिल्लाका छेउछाउका कुवाहरू समावेश रहेको हेरातको प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इल्यासले बताए ।

सार्वजनिक उपयोगिताका परियोजना कार्यान्वयन गरेर छ हजार गाउँलेका लागि रोजगारीको अवसर सिर्जना गरिएको इल्यासले भने । स्थानीय अधिकारीहरूले प्रान्तमा सन्तुलित विकास, रोजगारी सिर्जना र जनताको जीविकोपार्जन सुधारमा ध्यान दिएका छन् ।

अफगान कार्यवाहक सरकारले आर्थिक चुनौतिहरूको सामना गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले युद्धग्रस्त देशभरि थप कृषि र पूर्वाधार परियोजनाहरू सुरु गर्ने योजना बनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्