Logo

एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका



काठमाण्डौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डका अनुसार यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक हुने छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ । गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फका चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फका २१ हजार परीक्षार्थी नतिजाको पर्खाइमा छन्।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्