Logo

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार



काठमाण्डौं, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विहान बालुवाटार बोलाएर विजेता परियारलाई गितार उपहार समेत दिएका थिए । उक्त अवसरमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्न हौसला प्रदान गरे ।

बर्दियाका परियार गत शनिबार राति भएको ग्रान्ड फिनालेमा फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै नेपाल आइडल सिजन ५ को उपाधि विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।

फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot