Logo

कोपा अमेरिका फुटबल : अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश



काठमाडौं, असार १२ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० ले हरायो । जितसँग समूह ए मा रहेको अर्जेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो ।

समूह ए मा आजै भएको अर्को खेलमा क्यानडाले पेरुलाई १–० ले हराएको छ । यो सँगै क्यानडाले पहिलो जित हासिल गरेको छ । पहिलो खेलमा क्यानडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो । अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा पेरुसँग आइतबार खेल्नेछ भने सोही दिन क्यानडा चिलीसँग भिड्ने छ ।



प्रतिक्रिया दिनुहोस्