Logo

सप्तरीमा नदीको बाढी गाउँ पस्दा ३० घर डुबानमा



सप्तरी, असार १२। सप्तरीको रुपनी गाउँपालिकामा खाँडाे नदीको बाढी पसेको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको हाे ।

बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले गराएको छ ।सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्