Logo

रास्वपा प्युठान संयोजक सुवेदीद्धारा पार्टी परित्यागको घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले मंगलबार फेसबुकमा स्टाट्स लेख्दै पार्टीबाट अलग भएको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

यस्तो छ उनको स्टाट्स

आजको मितिदेखी राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु। आफु जिम्मेवारीमा हुँदा पदको कहीं कतैपनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहें । तैपनि कहींकतै केही कमजोरी भएकोभए यहाँहरु सबैसँग माफी माग्न चाहन्छु ।

समाज, मेरो बुझाइ र मेरो स्वभाव कँही कतै केही समस्या अबस्यै छ, त्यसैले मलाई म पार्टीगत राजनितिकोलागी योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले मानेन। यस दौरान केही आशा गरेर गुनासो गर्नेहरु थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्ने बाहेक केही गर्न सकिन। यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो ।

यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिन। अब धेरै साथीहरुलाई लाग्ला राजनितिमा प्रगति गर्न धैर्यता चाहिन्छ भनेर, आफ्नो प्रगती र उन्नतिको लागि राजनितिक पार्टीको प्रयोग सबैभन्दा ठूलो बेइमानी हो। हामिले आफ्नालागी केही मागेकै छैनौं भने धैर्यताको कुनै जरुरी छैन । बस् देश फेरिनु जरुरी छ, त्यसकालागि हामी फेरिनु आबस्यक छ। फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ।

सकारात्मक परिबर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन।



प्रतिक्रिया दिनुहोस्

Screenshot