Logo

पहिरामा परी लमजुङमा चारजनाको मृत्यु



लमजुङ, १२ असार । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए । उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्