Logo

आवास निर्माणको भुक्तानीको माग गर्दै मौलापुरका पीडितहरुको धर्ना जारी



काठमाडौं, १२ असार । रौतहटको मौलापुरमा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएका घरको रकम भुक्तानीको माग गर्दै पीडितहरुले आजपनि धर्ना जारी राखेका छन् । हिजो (मंगलबार) बाट सुरू भएको धर्नालाई पीडितहरुले आजपनि निरन्तरता दिएका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पीडितहरुको माग पूरा गर्नको लागि सरकारसमक्ष दबाब दिएका छन् । उनले गरिबहरुले निर्माणाधिन घरको भुक्तानी नपाउनु दुःखद् विषय भएको टिप्पणी गरेका छन् ।

साहले आवासको अधिकारलाई मौलिक अधिकार मानेको देशमागरिबहरुले निर्माणाधिक घरको भुक्तानी समयमा नपाउनु दुःखद भएको तर्क गरेका छन् । कानूनअनुसार सूचिकृत भएका लाभग्राहीलाई समयमा भुक्तानीको ब्यवस्था मिलाउन मधेश प्रदेश सरकार र यसका मुख्यमन्त्रीसमक्ष विशेष आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्