Logo

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान



मोकोपान, दक्षिण अफ्रिका, १२ असार । दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले जीवित गैँडाको सिङमा रेडियोधर्मी सामग्री जडान गरेका छन् ।

दक्षिण अफ्रिका गैँडाको धेरैे जनसङ्ख्या भएको देश हो । गैँडाको सिङ उपचारात्मक प्रभावका लागि प्रयोग हुने भएकाले यो देश यसको अवैध शिकार हुने मुख्य स्थान पनि हो ।

यस पहलको नेतृत्व गरेका युनिभर्सिटी अफ द विटवाटरस्रान्डको विकिरण र स्वास्थ्य भौतिक विज्ञान एकाईका निर्देशक जेम्स लार्किनले गैँडाको सिङमा दुईवटा साना रेडियोधर्मी चिपहरू जडान गरिएको बताए ।

“रेडियोधर्मी सामग्रीले सिङलाई काम नलाग्ने बनाउनुका साथै अनिवार्य रूपमा मानव उपभोगका लागि विषाक्त बनाउछ,” सोही विश्वविद्यालयका प्राध्यापक र विज्ञानका डिन निथया चेट्टीले बताए ।

“रेडियोधर्मी सामग्री जडान गर्दा गैँडाहरूलाई बेहोस बनाएर भुईमा सुताइएको थियो र गैँडाले कुनै पीडा महसुस गरेनन्,” लार्किनले भने। “रेडियोधर्मी पदार्थको मात्रा यति कम छ कि यसले गैडाकोे स्वास्थ्य वा वातावरणलाई कुनै पनि हिसाबले असर गर्दैन,” उनले भने ।

फेब्रुअरीमा वातावरण मन्त्रालयले अवैध व्यापारलाई नियन्त्रण गर्ने सरकारी प्रयासका बावजुद सन् २०२३ मा ४९९ वटा यी विशाल स्तनधारी जनावर मारिएका थिए । यो तथ्याङ्क सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।

कूल बीस जीवित गैँडालाई राइस्टोप परियोजनाका लागि प्रयोग गरिएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा चौकीहरूमा आणविक आतङ्कवाद रोक्नको लागि जडान गरिएको यन्त्रसँग डिटेक्ट हुने गरी आवश्यक मात्रामा ‘रेडियो आइसोटोप’ दिइनेछ ।

सीमा अधिकारीसँग सीमामा अवैध तस्करी पत्ता लगाउने यन्त्र हुन्छन् जसको सहयोगबाट बन्दरगाह, विमानस्थलजस्ता विभिन्न ठाउँबाट यस्ता प्रतिबन्धित सामग्रीको तस्करी पत्ता लगाउन सकिने वैज्ञानिकले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot