Logo

एसईईको नजिता आज आउँदै, यस्तो छ हेर्ने तरिका



काठमाडौं, असार १३। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

यसअघि बुधबार नतिजा सार्वजनिक गर्ने तयारी अनुसार बैठक बसेर नमुना अभ्यास गरिएको थियो । केही प्राविधिक काम बाँकी रहेपनि आज बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको हो । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक लागेको छ ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने छ ।

आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot