काठमाडौं, असार १३ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।
ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिण अफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिण अफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिए भने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।