Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, असार १३ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot