Logo

१०० जना महाधिवेशन प्रतिनिधि किसान श्रेष्ठको कब्जामा, माधव नेपाललाई सघाउनेबारे द्धिविधा



काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरु १०औं महाधिवेशनको तयारीमा जुटेका छन् । अहिले सचिवालय बैठक बसिरहेको छ । यसपटकको महाधिवेशन रोचक हुने चर्चा चलिरहेको छ । अध्यक्षमा माधव नेपाललाई घनश्याम भुसालले चुनौति दिने भएका छन् । भुसाललाई सम्मानित नेता झलनाथ खनालको पनि साथ छ ।

हिजोमात्रै खनाल निवास डल्लुमा दुई नेताबीच छलफल भएको थियो । सो छलफलपछि खनालले अध्यक्षमा आफूले भुसाललाई साथ दिने घोषणा गरिसकेका छन् । भुसाललाई खनालको पनि साथ हुने देखिएपछि अध्यक्षको लागि तयारी गरेका माधव नेपाललाई भने तनाव सुरु भएको चर्चा छ ।

पार्टीभित्र बलियो पकड बनाएका नेताहरु नै भुसालको पक्षमा खुल्न थालेपछि नेपालले पार्टीभित्र बाहुवली नेताको रुपमा चिनिएका नेताहरु कृष्णकुमार श्रेष्ठ (किसान) र प्रमेकुमार आलेको साथ खोजेका छन् । किसान श्रेष्ठले आफूनिकट महाधिवेशन प्रतिनिधिहरुलाई काठमाडौं उतारिसकेको चर्चा छ ।

उनीहरु किसानकै बन्दोबस्तीअनुसार काठमाडौंको सुविधासम्पन्न होटेलमा बसेका छन् । किसानले माधव नेपाललाई सघाउने मन बनाएका छन् । तर, सघाईहाल्ने भनेर निर्णय गरेका छैनन् । उनी माधव नेपाललाई सघाउने विषयमा अहिलेपनि द्धिविधमा नै छन् । खासगरी सरकारमा सहभागी हुने बेलामा आफूलाई बेवास्ता गरिएको किसानको गुनासो छ ।

उनले पटक-पटक अप्ठ्यारो पर्दापनि अध्यक्ष नेपाललाई ठूलो जोखिम मोलेर सहयोग गरेको भएपनि अध्यक्ष नेपालबाट भने उचित साथ नपाएको किसानको गुनासो छ । महाधिवेशनमा किसान श्रेष्ठ निर्णायक शक्तिको रुपमा उभिएका छन् । उनीसँग अहिले नै १०० जना महाधिवेशन प्रतिनिधिहरु साथमा उभिएका छन् । महाधिवेशनमा चुनावी प्रतिष्पर्धामा यो संख्या आँफैमा निर्णायक शक्ति हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot