Logo

बलिउड अभिनेत्री जया प्रदाको हातबाट नायिका एलिजा गौतम सम्मानित



काठमाडौं, १३ असार । चर्चित नायिका तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम सम्मानित भएकी छिन् । काठमाडौंमा आज (बिहीबार) आयोजित एक कार्यक्रमका बीच नायिका गौतम 6th International Excellence Award-2024 बाट सम्मानित भएकी हुन् । बलिउडकी चर्चित अभिनेत्री जया प्रदाले नायिका गौतमलाई उक्त अवार्ड प्रदान गरेकी हुन् ।

अवार्ड ग्रहणपछि नायिका गौतमले आफूमा समाज र देशप्रतिको जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । उनले कलाकारिता र समाजप्रतिको आफ्नो भूमिका र योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको भन्दै आयोजक संस्था र यसका नेतृत्वकर्ताहरुप्रति पनि आभार प्रकट गरेकी छिन् । उनले समाज र कलाकारिताको क्षेत्रमा आफ्नो योगदान आगामी दिनमा अझै बढेर जानेपनि उनले विश्वास दिलाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot