Logo

छमछमे खोलामा कार खस्दा चालकको मृत्यु



काठमाडौं, असार १४ । काठमाडौंको छमछमे खोलामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/४५ वर्षका पूर्ण दर्नाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पुर्ण दर्नालले चलाएको बा.प्र. ०२७ च ०४९१ नम्बरको निशान कार छमछमे खोलाको खसि डुबानमा परेको थियो। चालक दर्नाललाई प्रहरीले उद्दार गरी उपचारको लागी मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा ५ बजेर ४५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ। अहिले कार कलभर्टबाट निकालिसकिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot