Logo

बसमा सवार एक यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ



काठमाडौं, असार १४। महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भारतबाट घर फर्किदै गरेका बैतडीका दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशीको बसमै मृत्यु भएको हो । उनी रोजगारी गरेर भारतबाट घर फर्कदै थिए ।

महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा जोशी अत्तरियाबाट चढेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot