Logo

स्लोभाकियामा बस र रेल आपसमा ठोक्किंदा छजनाको मृत्यु, पाँचजना घाइते



काठमाडौं, असार १४ । दक्षिणी स्लोभाकियामा बस र रेल आससमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा छजनाको मृत्यु भएको छ । घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय एक्सप्रेस रेल र बस लेभल क्रसिङमा ठोक्किएर दुर्घटनामा परेको आपतकालीन कामदारले बताएका छन् । दुर्घटना राजधानी ब्राटिस्लाभाबाट करिब ८० किलोमिटर पूर्वमा रहेको नोभ जाम्की सहर नजिक भएको हो ।

स्थानीय समय अनुसार बेलुका ५ बजे भएको घटनामा कम्तीमा पाँच जना घाइते भएको समाचार एजेन्सीहरूले जानकारी दिएका छन् । दुबै बस र ट्रेनका चालकहरू घाइते भएका छन् र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा सबै बसमा सवार व्यक्तिहरू रहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनापछि बस दुई टुक्रा भएको थियो ।

उद्धार सेवाका प्रवक्ताले दुर्घटनामा मारिनेको संख्या बढ्न सक्ने बताएका छन् । दुर्घटनाको समयमा रेलमा करिब २ सय जना र बसमा ९ जना रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot