Logo

बीआरआई ऋणमा लिने कुरा सोच्नुपनि हुन्न, अनुदानमा भए सोच्न सकिन्छ : प्रतिमा गौतम (भिडिओसहित)



काठमाडौं, १४ असार । नेपाली कांग्रेसकी नेतृ तथा सांसद प्रतिमा गौतमले चिनियाँ परियोजना बीआरआई अनुदानमा मात्रै लिनुपर्ने बताएकी छिन् । उनले नेपाल धेरै ऋणमा डुबेको उल्लेख गर्दै बीआरआई ऋणमा लिन नहुने बताईन् । उनले नेपालीहरुको टाउकोमा ऋणको भारी बोकाउन नहुनेमा जोड दिईन् ।

हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘नेपाली जनतालाई अब धेरै ऋणभार बोकाउनु हुँदैन् । नेपाली जनताको टाउकोमा पहिल्यै नै ऋणको भारी बोकाएका छौं । धेरै ऋण लिएर नेपालमा केही पनि हुँदैन् । त्यसकारण बीआरआई अनुदान हो भने नेपालले सोच्न सक्छ, ऋणको बारेमा त नेपालले सोच्नुहुन्न भन्ने मेरो कुरा छ ।’

उनले तत्काल आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नलाग्नेपनि स्पष्ट पारिन् । उनले आफूहरुले देशमा भएका बेथितिको विरुद्धमा सशक्त भएर उभिएको बताईन् । उनले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा आफूहरुले सशक्त आवाज उठाएको बताईन् । तर, मिडिया नै चुप लागेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot