Logo

ठेकेदार माननियलाई ठेक्काकै चिन्ता !



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षदेखि जेठ मसान्तभित्र नै बजेट निकासाको काम गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेठ मसान्तभित्र रकम निकासा भएको खण्डमा असारमा बाढी, पहिरो लगायतका विपत्तिहरुमा ध्यान दिन पाइने बताए ।

साथै, उनले निर्माण व्यवसायीहरुले अहिले ४० अर्ब भुक्तानी नपाइरहेको बताए । उनले उक्त रकम छिटोभन्दा छिटो भुक्तानीका लागि सरकारको ध्यानाकार्षण गराए । ‘आज निर्माण व्यवसायीहरुको ४० अर्ब पैसा निकासी गर्दिनुभएको छैन । यो पैसा छिटोभन्दा छिटो पेमेन्ट गराइदिनुस् भनी म सरकारलाई ध्यानाकार्षण गराउन चाहन्छु,’– उनले भने ।

उनले काठमाडौं महानगरपालिकालाई नेपाल सरकारले कुनै पनि बजेट दिन नहुने बताए । काठमाडौं महानगरले सडक विभागमा फोहोर फाल्नु राम्रो नभएको उनको भनाइ छ । उनले काठमाडौं महानगर ‘पैसा र बैंस’ दुवैले मात्तिएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot