Logo

अस्ती छिर्न नपाएका फणीन्द्र आज प्रदेश सभामा प्रवेश



काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले प्रदेश सभामा प्रवेश पाएका छन् ।

माओवादीबाट निर्वाचित भएर ह्वीप उल्लंघन गरेको आरोपमा सांसदबाट हटाईउका उनी सर्वोच्चको आदेशपछि बुधबार प्रदेश सभामा पुगेका थिए । तर, मर्यादापालकले उनलाई भित्र प्रवेश गर्न दिएनन् । आज भने जारी बैठकमा उनी भित्रिएका छन् ।

उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot