Logo

सञ्चारकर्मीहरुलाई गोविन्द केसीको प्रश्नः ‘म अनशन बसौं कि नबसौं ?’



काठमाडौं, १४ असार । डा. गोविन्द केसीले पूर्वनिर्धारित अनशन स्थगित गरेका छन् । आज (शुक्रबार) पत्रकार सम्मेलन गरी उनले शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा उनले ‘म अनशन बसौं कि नबसौं ?’ भनी सञ्चारकर्मीहरुलाई प्रश्नसमेत गरेका थिए । दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै उनले न्यायाधीशद्वय डा.कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै आएका छन् । न्यायाधीशद्वय चुँडाल र सुवेदीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत फैसला गरेको उनको आरोप छ ।

त्यस्तै, उनले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत राजीनामा माग गर्दै आएका छन् । डा. केसीले मागहरु यथावत राख्दै अनशन स्थगित गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot