Logo

एमालेसँग एकताको प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी (भिडिओसहित)



काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र आएपछि देशमा केही पनि भएको छैन् भन्ने भाष्य नै गलत भएको टिप्पणी गरेका छन् । साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरुको आज लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले देशमा धेरै कुरा भएको दाबी गरेका हुन् ।

यद्धपी जनताको आशा र अपेक्षाअनुसार काम नभएको भने उनले स्विकारे । अहिले देशमा नकारात्मक कुरा गर्न रमाउने प्रवृत्ति हाबी भएको उनको दाबी छ । देशमा विद्यमान सबैखाले नकारात्मक भाष्य चिर्नको लागि वामपन्थीहरु र लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुन जरुरी रहेको पनि उनले औंल्याए ।

उनले आफूहरु एकताको प्रक्रियामा अघि बढिसकेको पनि दाबी गरे । एकताको प्रक्रियालाई सफल पार्नको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनको जोड छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot