Logo

प्रधानमन्त्री प्रचण्डलाई बाबुरामको भदौसम्मको अल्टिमेटम, त्यसपछि आन्दोलन गर्ने



काठमाडौं, १४ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । पार्टीको जिम्मेवारीमासमेत रहेका छोरी मानुषी र ज्वाँई जेकेन्द्र श्रेष्ठलाई पनि साथमै लिएर बाबुराम प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगेका हुन् ।

बुढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न “बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण” बनाएर छिटो सम्पन्न र स्थानीय जनताका माग पूरा गर्न बाबुरामको टोलीले प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

आगामी भदौ मसान्तसम्म माग पूरा नभए सबै सरोकारवालाहरू एकताबद्ध भएर सशक्त आन्दोलन गर्ने कुरा आफूले प्रधानमन्त्री दाहाललाई अग्रिम जानकारी गराएको पनि बाबुरामले जानकारी दिए ।

यस्तो छ प्रधानमन्त्री दाहालसमक्ष बुझाईएको ज्ञापनपत्र



प्रतिक्रिया दिनुहोस्

Screenshot