Logo

चितवन पुगेर प्रधानमन्त्रीले रोपे मेसिनबाट धान



काठमाडौं, असार १५। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । प्रधानमन्त्री दाहालले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको छ । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot