काठमाडौं, १५ असार । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला सडक बहसको लागि काठमाडौं उपत्यका बाहिरको यात्रामा निस्किएका छन् । आज असार १५ गतेबाट उनले यो सडक बहसको यात्रा थालनी गरेका हुन् । पहिलो यात्रा उनले धादिङमा निर्माणाधिन सुरुङमार्गको अवस्था र पछिल्लो प्रगति देखाएका थिए ।
नागढुंगा–गल्छी सडकमा यात्रुहरुले भोग्नुपरेका समस्या पनि पत्रकार धमलाले प्रत्यक्ष प्रसारणमार्फत देखाएका छन् । उनी आज पोखरासम्मको सडक यात्रामा निस्किएका हुन् । पछिल्लो समय सडक स्तरोन्नतीको काम भैरहेको भनिएको छ । तर, वर्षौ बितिसक्दापनि सडक निर्माण पूरा नहुँदा यात्रुले ठूलो सास्ती खेप्नुपरेको छ ।