Logo

सुनसरीका लोकप्रिय वाइसिएल नेताहरु विनोद चौधरी र पशुपति सरदार आजपा प्रवेश



काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलका नेताहरु विनोदकुमार चौधरी र पुशपति सरदार आम जनता पार्टी प्रवेश गरेका छन् । आजपाको लिम्बुवान किराँत प्रदेशको आज बसेको बैठकमा सुनसरीका लोकप्रिय वाईसिएल नेताद्धय चौधरी र सरदार आजपामा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीमा हार्दिक स्वागत गर्दै आजपा अध्यक्ष प्रभु साहले बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।

आम जनता पार्टीका उपाध्यक्ष एवम लिम्बुवान किराँत प्रदेशका इन्चार्ज अरुण घिसिङको विशेष उपस्थितिमा एवं प्रदेश अध्यक्ष जुरिलाल मोचीको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न जिल्लाहरुमा भेलासहित संगठन विस्तारको निर्णय गरेको जनाईएको छ । उक्त निर्णयानुसार सुनसरी जिल्लाको भेला भाद्र १४ गते, इलाम जिल्ला भेला भाद्र २२ गते, तेह्रथुम जिल्ला भेला भाद्र २८ गते र धनकुटा जिल्ला भेला भाद्र २९ गते गरिने भएको छ ।

उक्त बैठकमा आम ट्रेड युनियन फेडेरेशनका अध्यक्ष शिव थापा,आम जनता पार्टीका केन्द्रीय सदस्य वलभद्र आचार्य, प्रदेश सचिब भानुभक्त कोइराला, प्रदेशका नेताहरु विमल गौली, रुद्र नेपाली, प्रेम थापा, गायत्री राई र ममता चौधरीलगायतका नेताहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot