Logo

युरोपेली च्याम्पियनसिप २०२४: आयोजक जर्मनी क्‍वार्टरफाइनलमा



काठमाडौं, असार १६ । जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्‍वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनीले क्‍वार्टरफाइनलमा आफ्नो स्थानलाई पक्का बनाएको हो ।

जर्मनीको डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न खेलमा जर्मनीले २-० गोल अन्तरले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन ।

त्यसको पाँच मिनेटमै अर्कोतर्फ एन्डरसनकै ह्यान्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीले १-० ले अग्रता लियो । त्यसपछि जमाल मुसियालले ६८ औं मिनेटमा गोल गर्दै जर्मनीले आफ्नो जितलाई पक्का गर्‍यो ।

त्यसअघि भएको अर्को खेलमा स्विटजरल्यान्डले साविक विजेता इटालीलाई २-० ले पराजित गरेको छ । यो पराजयसँगै इटाली युरोकप २०२४ बाट बाहिरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot